१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ताञ्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, २४ को जीवितै उद्धार


481
Shares

काठमाडौं । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा खसेको हो । विमानमा चालक दलसहित ४३ जना रहेकोमा २४ जनालाई जीवितै उद्धार गरिएको हाे । खराब मौसमका कारण विमान दुर्घटना भएको जनाइएकाे छ ।

अफ्रिकाको सबै भन्दा ठूलो ताल विमानस्थलबाट नजिकै रहेको छ । विमानका दुई जना पाइलट जीवितै रहेको र दुर्घटनापछि पनि उनीहरूले ककपिटबाट स्थानीय अधिकारीहरूसँग कुरा गरेको बताएपनि त्यहाँका प्रधानमन्त्रीले पाइलटको मृत्यु भएको बताएका छन् ।

आफन्तलाई लिन विमानस्थलमा पुगेकाहरुले हेर्दाहेर्दै विमान तालमा खसेपछि विमानस्थल बाहिर पनि रुवाबासी चलेको थियो ।