१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अभिनेत्री कंगना ट्वीटरमा पुन: सक्रिय हुँदै


6.864k
Shares

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले चाँडै नै आफ्नो ट्विटर अकाउन्टमा पुन: सक्रिय हुने भएकी छन् ।

२०२१ मा लगातार विवादास्पद बयान र ट्वीटर नियमहरूको उल्लंघनका कारण कंगनाको ट्वीटर अकाउन्ट प्रतिबन्धित गरिएको थियो । तर अहिले ट्वीटरको जिम्मेवारी एलन मस्कले लिएका छन् । मस्कले हालै नक्कली ट्वीटर अकाउन्टहरू खारेज गर्ने घाेषणा समेत गरेका छन् । यस्तो अवस्थामा कंगना ट्वीटरमा पुन: सक्रिय हुने बताएकी छन् ।

यसैबीच हालै कंगनाले सामाजिक सञ्जाल ट्वीटरको तारिफ समेत गरेकी छन् । यति मात्र होइन कंगनाले ट्वीटरलाई सबै भन्दा राम्रो सामाजिक सञ्जाल प्लेटफर्म भएकाे समेत बताएकी छन् । वास्तवमा नोभेम्बर ६ मा कंगनाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट सार्वजनिक गरेकी थिइन् । जसमा उनले ट्वीटरको विषयमा आफ्नो विचार सार्वजनिक गरेकी थिइन । पोस्टमा कंगनाले ट्वीटरको नयाँ नीति र एलन मस्कको प्रशंसा समेत गरेकी छन् ।

इन्स्टाग्राममा पोस्ट सेयर गर्दै कंगनाले भनिन्– ‘ट्वीटर सबै भन्दा राम्रो सोसल मिडिया प्लेटफर्म हो । यो फेसन वा जीवनशैलीको बारेमा भन्दा बौद्धिक र वैचारिक रूपमा सञ्चालित छ।’

कंगनाले पनि ट्वीटरमा ब्लु टिकका लागि पैसा लिने निर्णयको समर्थन गरेकी छन् । आफ्नो पोस्टमा कंगनाले लेखेकी छन्– ‘ब्लू टिकको लागि केही पैसा लिनु राम्रो निर्णय हो । यसले प्लेटफर्मलाई राम्रो बनाउन मद्दत गर्नेछ । अब संसारमा कुनै पनि नि शुल्क प्रक्षेपण छैन। यी सबै प्लेटफर्मले सित्तैमा सुविधा दिने हो भने पैसा कसरी कामाउने त । यस्तो अवस्थामा निलो टिकको लागि पैसा लिनुपर्छ।’