
इलाम । इलामको कन्याममा ‘स्काई वाक’ टावर निर्माण गरिएको छ ।
नयाँ-नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । साेही टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिंदा आकाशमै उभिएजस्तो महसुस हुने जनाइएकाे छ ।
टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजङ्घा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त समेत देख्न सकिनेछ । डेढ वर्षमा निर्माण सकेर यहि कार्तिक १८ गतेबाट पर्यटकका लागि स्काई टावर खुला गरिएको हो ।
स्काई वाक गर्ने पर्यटकले ड्रोनबाट फोटो, भिडियो खिच्ने र सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न समेत पाइने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्