१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार


936
Shares

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ ।

आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।

यसको नतिजा पुष २६ गते घोषणा हुने बताइएको छ । यो नियम चलचित्रका अन्य दुई गीत सार्वजनिक भएपछि पनि लागू हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई २५ हजार नगद र तीनवटा प्रिमियरको पास प्रदान गरिनेछ ।

‘रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। यस्तै, गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ।

यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालको अभिनय रहेको छ । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् ।

सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले संयूक्त रुपमा लेखेका हुन्।