२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कसरी मत दिने भन्ने बारेमा राजधानीकै मतदाता अन्योलमा


91
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाइएको दावी गरी रहँदा काठमाडौंका मतदातामा मतदान कसरी गर्ने भन्नेमा अलमलमा परेकाे देखिएको छ ।

मतदाता शिक्षामा न आयोगको गतिविधि प्रभावकारी देखिएको छ, न राजनीतिक दलहरूकाे नै यो विषयमा संवेदनशील हुन सकेका छन् । राजनीतिक दाउपेच र ठाउँ अनुसार आश्वासन दिने बाहेक मत हाल्न सीप सिकाउने विषयमा भने दलहरू चुकेका छन् ।

मतदातासँग मतको साइनोमा सीमित अधिकांश राजनीतिक दलहरू मतदाता शिक्षामा बेखबर जस्तै छन् । हातमा चुनाव चिन्ह र पर्चा लिएर हिंडेपनि उनीहरूका लागि मतदाता शिक्षा प्राथमिकतामा पर्न सकेको छैन् । त्यस्तै, निर्वाचन आयोगले पनि मतदाता शिक्षाको बारेमा घरदैलो अभियान नचलाउँदा कतिपय मतदाता मतदानको विषयमा अनभिज्ञ देखिन्छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा धेरै मत बदरका घटना भएका थिए । यसले चारथरि मत हाल्नुपर्ने आगामी चुनावमा मतदाता अल्मलिने अवस्था छ । तर, केही मतदाता स्थानीय तहको चुनावमा आफूहरूले मत हालिसकेकाले आउँदो चुनावमा पनि समस्या नपर्ने तर्क गर्छन् ।

आयोगले आसन्न चुनावका लागि महिला स्वयम सेवकहरू परिचालन गरेकाे जनाएको छ । स्थानीय तहको चुनावकाे समयमा छुटेका मतदाताहरूको घरघरमा गएर मतदाता शिक्षा दिरहेको आयोगकाे दावी छ । दलहरूले पनि विभिन्न ठाउँमा गएर मतदाता शिक्षा दिरहेको बताएका छन् । आयोगले पनि विभिन्न सञ्चार माध्यमबाट दिइएको मतदाता शिक्षा प्रभावकारी भएको दावी गरेकाे छ ।

दानमा मतदानको उच्चता सर्वाधिक माथि छ । त्यसैले यसलाई अमूल्य मत मान्ने गरिन्छ । प्रत्येक मतदाताको मत देशको भविष्यसँग जोडिने भएकाले त्रुटिरहित मतदानका लागि सबै पक्षको सक्रियता र सचेतता आवश्यक रहेकाे छ ।