२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्णालीमा गत असोजको बाढी-पहिरोबाट मृत्यु हुनेकाे तथ्यांक सार्वजनिक


65
Shares

काठमाडौं । कर्णाली प्रदेशमा गत असोज महिनाकाे अन्तिम साताको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट ४० जनाको मृत्यु र २५ जना बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

आइतबार भएको विपद प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल कार्यक्रममा कर्णाली सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तथ्यांक दिएको हो । जुम्ला र मुगुमा १०/१०, कालीकोटमा ९, हुम्लामा ८, डोल्पामा २ र दैलेखमा १ जना गरी ४० जनाको मृत्यु भएको जनाइएको छ ।

त्यसै गरी विपदका कारण बेपत्ता हुनेको संख्या कालीकोटमा मात्रै १८ रहेको छ । दैलेखमा ३, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा १-१ जना गरी २५ जना अझै बेपत्ता भएका छन् ।