१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा


195
Shares

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गर्नु भएको छ ।

जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उहाँको भनाइ छ ।

नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर खबरदारी गर्ने बताउनुभएको हो ।

मुलुक भरको जनलहरले यो पटक राप्रपा संसदमा जाने उहाँको दाबी थियो । जनताले मतमार्फत आफूहरूलाई देश चलाउन दिनेमा ढुक्क रहेको उहाँको विश्वास थियो ।