६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चीनमा मनाइँयाे श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव


1.222k
Shares

काठमाडाैं । नेपालका राष्ट्रिय विभूति अरनिकोबाट निमार्ण भएको चीनको बेइजिङ्गमा रहेको श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव मनाइएको छ ।

श्वेत चैत्य १३ औं शताव्दीमा युआन राजवंशकालमा अरनिकोले बनाएका थिए । यसैका कारण चिनमा नेपालको मौलिक कला संस्कृति र बुद्ध धर्म फैलिएको थियो ।

चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी, नेपाली दुतावास लगायतका प्रतिनिधिको उपस्थितिमा बेजिगंममा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

बार्षिकोत्सव कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइँदैछ । चीन र नेपालको सांस्कृतिक सम्पदालाई एक साथ अगाडि बढाऔं भन्ने नारा सहित महोत्सव भएको हो ।

महोत्वसवमा श्वेत चैत्य परिसरमा दुई देशको कलाकृति, नेपाली काष्ठकला, हस्तकलाका साथै पौभाः प्रर्दशन गरिएको छ । कार्यक्रममा श्वेत चैत्य निमार्णमा प्रयोग भएका कलाशिल्पी, कलाशैलि र मठमन्दिरको भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सव कार्यकममा श्वेत चैत्य व्यवस्थापन कार्यालय, बेजिगं र ललितपुरको पाटन संग्रहालय विच समझदारीपत्रमा समेत हस्ताक्षर भएको चीनमा रहेका नेपाली वैज्ञानिक प्रा.डा डीवी कटेलले जानकारी दिनु भएको छ ।