१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली–१ मा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा टक्कर


325
Shares

सिन्धुली । सिन्धुलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा सबै राजनैतिक दलहरूका उम्मेदवारहरु मतदाता रिझाउन घर दैलौमा व्यस्त छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको खानेपानी, विद्युत, सडकलगायतका समस्याहरुको समाधानका लागि मतदाताहरु सामु आफ्ना प्रतिबद्धताहरु व्यक्त गर्दे आएका छन् ।

क्षेत्र नम्बर १ मा विगत २०७४ सालको निर्वाचनमा प्रदेश सभा क्षेत्र नम्बर २ का दुई प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीप कुमार कटुवाल र नेपाली कांग्रेसका श्यामकुमार घिमिरे नै हालको प्रतिनिधि सभा सदस्यका प्रतिस्पर्धी उम्मेद्वार बनेका छन् । एमाले र माओवादी केन्द्र बीचको गठबन्धन रहँदा एमालेका उम्मेदवार प्रदीपकुमार कटुवाल विजयी भएका थिए । यस पटक भने एमाले एक्लै भएका कारण गठबन्धन बलियो देखिएको छ । मतदाताले भने नदी कटानको समस्या, जंगली हात्तीको समस्या समाधान गर्न उम्मेद्वारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभामा क्षेत्र १ मा एमालेका उम्मेद्वार सुवास देवकोटा र गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का मातृका भट्टराई र प्रदेशसभा क्षेत्र २ मा एमालेका रामकुमार बहादुर कार्की र गठबन्धनबाट नेपाली कांग्रेसका रामकुमार पहाडीका बीच कडा प्रतिस्पर्धा देखिएको छ ।