१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी


1.079k
Shares

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी गरेको छ ।

शिवराज नगरपालिका-६ वीरपुर र गडगडौवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । त्यस्तै शिवराज नगरपालिका वडा नम्बर ७ जवाभारीस्थित नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का उम्मेदवार वीरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएकाे छ ।

गडगडौवास्थित आगजनी भएको कर्णाली प्रदेश ०२९००१ ख ०५७८ नम्बरको ट्रकको पछाडीको भागमा आगोले क्षति पुर्‍याएको छ । सोही वडा अन्तर्गत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका-७ जवाभारीस्थित लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा पनि आगलागी भएको छ । आगो कसले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन ।

घटना स्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा (संयोजक बिकरान्त) लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको छ ।