१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं-५ का उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त


104
Shares

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा चुनावका लागि विभिन्न दलका उम्मेदवार आफ्नो क्षेत्रमा चुनावी प्रचारका लागि घरदैलो अभियानमा व्यस्त भएका छन् ।

काठमाडौं-५ का नेकपा एमालमा उम्मेदवार ईश्वर पोखरेल पनि आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुग्नुभएको छ ।सोही क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल पनि घरदैलो अभियानमा व्यस्त रहनुभएको छ । उहाँ पनि घरघरमा पुगेर आफूलाई मत दिनुपर्ने औचित्य पुष्टि गर्न लागि रहनुभएकाे छ । आफ्नो उम्मेदवारीकाे बारेमा बताउँदै मतदातालाई निराश बनाउने उम्मेदवारलाई मत नदिन समेत उहाँको आग्रह गर्नुभएकाे छ ।

त्यसो त ५ नम्बर क्षेत्रमा मात्रै स्वतन्त्र गरी दर्जनौं उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले भने सोही क्षेत्रमा हुर्के बढेकाले आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि योगदान दिन उम्मेदवारी दिएको बताउनुभएकाे छ । घरदैलो अभियानका क्रममा मतदाता भने आ–आफ्ना क्षेत्रका उम्मेदवारका प्रतिवद्धता र चुनावी एजेण्डालाई चासो दिएका छन् ।