२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा नमूना मतदान कार्यक्रम आयोजना


52
Shares

धनकुटा । जिल्ला निर्वाचन कार्यालय धनकुटाले आसन्न निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम आयोजना गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कम भन्दा कम मत बदर होस् भनेर नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो । नमूना मतदानलाई धनकुटाका ७ वटै पालिकामा सञ्चालन गरिने छ।

धनकुटामा एक प्रतिनिधि र २ प्रदेशसभा रहेका छन् । यहाँ १ लाख १६ हजार ९ सय ९१ जना मतदाता रहेका छन् ।