२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सोलुखुम्बुमा १ लाख ८० हजार थान मतपत्रसहित सामग्री आइपुग्याे


52
Shares

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख ८० हजार थान भन्दा बढी मतपत्र सोलुखुम्बुमा आइपुगेको छ।

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले पठाएको मतपत्र जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको हाे । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार मतपत्रमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९० हजार थान र प्रदेश सभातर्फका ९१ हजार थान रहेका छन् । त्यस्तै कारागारका कैदीबन्दी र निर्वाचनमा नखटिएका कर्मचारीहरुका लागि २ हजार थान समानुपातिक मतपत्र पनि आइपुगेको कार्यालयले जनाएको छ ।

प्रतिनिधि र प्रदेशतर्फको समानुपातिक मतपत्र भने यसअघि नै जिल्ला आइसकेको सहायक निर्वाचन अधिकृत कालाखेतीले बताउनुभयो । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी र छेकाबार लगायत सबै सामग्रीहरु जिल्ला आइपुगेको उहाँले बताउनुभयाे । उहाँका अनुसार उक्त सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरीको सुरक्षामा राखिएको छ । सोलुखुम्बुमा १ सय २२ मतदानस्थल र १ सय ३५ मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा ८१ हजार ५ सय २ जना मतदाता रहेका छन् ।