
web pic
धनकुटा । खुकुरी प्रहारबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एक जनाको हत्या भएको छ ।
आज बुधबार बिहान छथरजोपाटी गाउँपालिका–३ का स्थानीय ६२ वर्षीय भगीश्वर लिम्बूको खुकुरी प्रहारबाट हत्या भएको हो ।
सोही स्थानका ४० वर्षीय तेजबहादुर लिम्बूले भगीश्वरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुुभयो ।
लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्