२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मतदातालाई कसरी मतदान गर्ने भन्ने चिन्ता


169
Shares

सिन्धुली । आगामी निर्वाचनमा ४ प्रकारका मतपत्रमा मतदान गर्नुपर्ने भएपछि सिन्धुलीका ग्रामीण क्षेत्रका मतदाताहरु अझै अलमलमा परेका छन् ।

स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ४ प्रकारका मतपत्रमा मतदान गर्नुपर्ने भएका कारण मतदाताहरु अलमलमा परेका हुन । सुनकोशी गाउँपालिका-६ की ७४ वर्षीय जानुका थापाले कसरी मतदान गर्ने भन्ने बारेमा अझै छुट्याउन सक्नुभएको छैन ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन गर्न सकेको छैन । राजनीतिक दल तथा उम्मेदवाहरु पनि मतदातहरुलाई मतदाता शिक्षाकाे बारेमा बुझाउनेतर्फ कुनै चासाे दिएका छैनन् । उनीहरु सभा र प्रचारप्रसामा नै व्यस्त भएका छन् ।

सिन्धुलीमा मतदाता शिक्षा प्रभावकारी नहुँदा कसरी मतदान गर्ने भन्ने अन्याेल हुँदा यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मत बदर हुने देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले ५ वटा गाउँपालिकामा मतदाता शिक्षा तथा नमूना मतदान कार्यक्रम संचालन गरेपनि प्रभावकारी नहुँदा सहज रुपमा मतदान कार्य गर्न सर्वसाधरणहरुलाई समस्या पर्ने भएको छ ।

प्रतिनिधि तथा प्रदेश निर्वाचनको लागि प्रत्येक मतदाताले छुट्टा–छुट्टै रुपमा ४ प्रकारका मतपत्रमा आफूले इच्छाएको व्यक्तिको निर्वाचन चिन्हमा मतदान गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।