१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता टाइगर पारिश्रमिकमा सहमत नहुँदा रोकियो करणको फिल्म


22.919k
Shares

एजेन्सी । निर्माता एवं निर्देशक करण जोहर र अभिनेता टाइगर श्राफबीच पारिश्रमिकको विषयमा सहमति नहुँदा फिल्मको निर्माण कार्य रोकिएको छ ।

धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘स्क्रू ढीला’ को घोषणा गत जुलाईमा करणले गरेका थिए । यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । तर, फिल्मका निर्माता करण र अभिनेता टाइगरबीच पारिश्रमिकको विषयमा सहमति नभएपछि फिल्मको निर्माण कार्य रोकिएको हो ।

फिल्मको टिजर सार्वजनिक भइसकेका कारण उक्त फिल्म एक्सन फिल्म हो भन्ने प्रष्ट बुझिएको छ । तर, टिजरपछि फिल्मको बारेमा कुनै पनि जानकारी आएको थिएन । समय समयमा फिल्मको काम रोकिएको समाचारहरू प्रकाशित भइरहेको थियो । अब पारिश्रमिकको विषयमा सहमत नभएपछि फिल्मको निर्माण कार्य रोकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, निर्माता र कलाकारको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ पछि, करण टाइगरसँग पुनःएक्सन फिल्म बनाउन चाहन्थे । त्यसैले उनले टाइगरलाई यस फिल्ममा लिएका थिए । टाइगर पनि यो फिल्मलाई लिएर निकै उत्साहित थिए । त्यसैले उनले करणसँग पारिश्रमिकको बारेमा कुरा गर्न अस्वीकार गरे। यसपछि टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड भारतीय रुपैयाँ मागेको कुरा सुनेपछि करणले दिन अस्वीकार गरेका हुन् ।

करणले टाइगर श्राफको टोलीलाई महामारी र मन्दीपछि कुनै पनि निर्माताले यती ठूलो परिश्रमिक तिर्न नसक्ने कुरा बुझाउन खोजेका थिए । यो कुराले टाइगर नमानेपछि फिल्मको निमार्ण कार्य रोकिएको हो ।