२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश-१ का वन मन्त्री शेखरचन्द्र थापाको निधन


2.041k
Shares

काठमाडौं । प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ ।

थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो ।

उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य बन्नुभएको थियो । थापाका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।