८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह


0
Shares

काठमाडाैं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका जारी गर्न आग्रह गरेको हो ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले व्यवसायीहरुको मागलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै निर्देशिका जारी गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट निर्देशिका नहुँदा व्यवसायीहरु मर्कामा पर्दै आएका छन् । यसैबीच व्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति व्यवस्था मिलाउन आवश्यक पहल गर्न विभाग समक्ष आग्रह गरे ।