
काठमाडौं । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।
युक्रेनी सेना खर्सोनतर्फ अघि बढिरहेको बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा अवस्थालाई हेर्दै खर्सोनबाट बाहिर निस्कन आदेश दिनुभएको हो ।
खर्सोन रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी हो । खर्सोन शहरबाट बाहिर निस्केर डेनिपर नदीको बायाँ किनारमा सुरक्षित अवस्थामा रहन सेनालाई जनरल सुरोभिकिनले आदेश दिनुभएको हो ।
खर्सोनबाट फिर्ता हुने निर्णय दु:खद हो तर हाम्रा सेनाको जीवन रक्षा र लडाईलाई प्रभावकारी बनाउन नदी पारी रहेर कठिन भएको जनरलको भनाइ छ । रुसी रक्षामन्त्री सर्गेई सोइगुले पनि जनरल सुरोभिकिनको भनाइमा सहमति जनाउनु भएको छ ।
रुस समर्थित खर्सोन क्षेत्रका चेचेन नेता रामजान कादिरोभले पनि विवेकहीन बलिदानमा होमिईरहनु भन्दा रणनीतिक रुपमा पछाडि सर्ने निर्णय उपयुक्त भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्