५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ट्रेकिङ्ग जाने क्रममा युवकको मृत्यु


15.444k
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा ट्रेकिङ्ग जाने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौं मार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका–१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो ।

मृत्युको कारण खुल्न सकेको छैन । हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।