२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तेह्रथुममा नमुना मतदान


65
Shares

तेह्रथुम । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यास स्वरुप नमुना मतदान गरिएको छ ।

जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदानमा छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुलेसमेत मतदान गर्नुभयो । नमुना मतदान छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको र अन्य स्थानीय तहमामसमेत गरीने जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताउनुभयो ।

नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले भाग लिएका छन् । नमुना मतदान सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तैं प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने छ ।

नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्युनिकरण हुने र आफुले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताउनुभयो ।

मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरुमा सञ्चालन गरीने छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता रहेको जनाएको छ ।