१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करुवा प्रहार गरि श्रीमतीको हत्या


1.001k
Shares

झापा । घरयासी विवाद हुँदा झापाको बुद्धशान्तिमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले २६ वर्षीय श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरड दम्पत्ति भारतको महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा सुन पसल सञ्चालन गर्दै आएको बताइएको छ ।

श्रीमतीमाथि करुवा प्रहार गर्ने रघुनाथलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।