
काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन समितिले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
सत्तारुढ गठबन्धन दलका नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताउनुभयो । त्यस्तै, गठबन्धनका नेता, कार्यकर्ताहरु नै चुनावमा सक्रिय नभएको भन्दै उहाँले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्