२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवालाई ओलीको प्रश्न- चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने, अहिले किन चुप ?


390
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाको भारतप्रति नीति स्पष्ट नभएको ओलीले बताउनुभयो । झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली भूमी भारतसँग माग्न नजाने बताउनुभयो । उहाँले अतिक्रमित भूमी भारतसँग वार्तामार्फत फिर्ता ल्याइने बताउनुभयो ।

चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित भूमीप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको आलोचना गर्नुभयो । विगतमा एकपक्षीय रुपमा भारतले राखेका चेकपोष्ट दुई देशबीच वार्तामार्फत हटाएको उदाहरण रहेको उहाँको भनाइ छ । देउवाले प्रधानमन्त्री पद जोगाउँनका लागि विदेशीको इशारामा काम गरेको भन्दै बाँचुन्जेल देशका लागि राम्रो काम गर्न सुझाव दिनुभयो ।