१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माल्दिभ्सको मालेमा आगलागी, आप्रवासीको मृत्यु


2.496k
Shares

एजेन्सी । माल्दिभ्सको राजधानी मालेमा आप्रवासी बस्ने एक भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

आगलागीमा केही घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आप्रवासी कामदार बस्ने भवनमा भएको आगलागीमा परी मृत्यु भएका मध्ये ८ जना भारतीय कामदार रहेको बताइएको छ ।

भवनको भुइँ तलामा रहेको गाडीको ग्यारेजबाट आगो लाग्न सुरु भएको समाचामा उल्लेख छ । आगो निभाउन चार घण्टा लागेका कारण मानवीय क्षति भएको माल्दिभ्सको दमकल विभागले जनाएको छ ।

यसैबीच भारतीय उच्च आयोगले आफ्ना नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र अन्य जानकारीका लागि माल्दिभ्सका अधिकारीसँग सम्पर्क राख्न आग्रह गरेका छन् ।