१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीका २५ मतदानस्थल अतिसंवेदनशील


325
Shares

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिन्धुलीका एक सय ५३ मध्ये २५ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।

जिल्ला सुरक्षा समिति सिन्धुलीका अनुसार जिल्लाका २५ मतदानस्थल अतिसंवेदनशील, ६४ मतदानस्थल संवेदनशील र ६४ मतदानस्थल कम संवेदनशील सूचीमा रहेका छन् ।

निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थलको वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा संवेदनशील रुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानीमा राखेको बताइएको छ ।