
पाल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाल्पामा शुक्रबारदेखि अभिमुखिकरण सुरु गरिएको छ ।
निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाईलाई तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा स्वयम्सेवक बाहेक १९७२ कर्मचारी खटिदै छन् ।
तालिममा सुरक्षा निकायका प्रमुखहरुले आआफ्नो सुरक्षा निकायको भरपर्दो सुरक्षा व्यवस्था भएको हुँदा ढुक्क भएर मतदान कार्य सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विगतका निर्वाचनमा भएका कमजोरीलाई सुधार गरि मंसिर ४ को निर्वाचनलाई सफल बनाउन सबैको दायित्व भएको बताउनुभयो ।
निर्वाचनमा खटिने कर्मचारीहरु मंसिर १ गतेसम्म आआफ्नो मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगेर निर्वाचनको कार्य प्रारम्भ गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी रुक्माङगत अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्