५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते


0
Shares

स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा ३ जना घाइते भएका छन् ।

वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले शुक्रबार बिहान सवा नौ बजे आक्रमण गरेको स्थानीयले जनाएका छन् ।

आाक्रमणवाट २ महिला र १ पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका छन् ।

घाइते तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाइते तीनै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ ।