
काठमाडौं । महानायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले खेलकुद खेलमा मात्रै सिमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताउनुभयो । उहाँले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता भएको बताउनुभयो । उहाँले खेलकुदले राष्ट्रमा मात्रै सिमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको बताउनुभयो ।
महानायक हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौति र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भुमिका खेल्ने बताउनुभयो ।
महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्