२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गठबन्धन १०/१५ वर्षसम्म कायमै रहन्छ : प्रधानमन्त्री देउवा


1.846k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझैं १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताउनुभएको छ ।

सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको भन्दै उहाँले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा गठबन्धन निरन्तर रहने तर्क गर्नुभयो ।

लोकतन्त्रलाई र संविधानलाई कसैले कमजोर नबनाओस् भनेर गठबन्धन गरिएको उहाँले बताउनुभयो ।