२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’


39
Shares

काठमाडौं । ‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो ।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मत माग्दै जनताको घरदैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भने, ‘मतदातालाई नमस्कार गर्‍यो, त्यो पनि फिर्ता गर्दैनन् । अझ उम्मेदवार भन्यो भने त मुन्टो बटारेर हिँड्छन् ।’

यस्तो अवस्था काठमाडौं ५ मा मात्र होइन, देशभरि नै छ। राजनीतिक दल, दलका र स्वतन्त्र उम्मेदवार विभिन्न आश्वासन र नारासहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारमा जुटे पनि आम जनतालाई त्यसले छोएको छैन ।

आश्वासनका अनगिन्ती पोकाहरूलाई आकर्षक ढंगबाट दलहरूले आफ्ना उम्मेदवार र नेताकार्यकर्तामार्फत मात्र होइन, सञ्चारमाध्यमबाट पनि जनतामाझ पुर्‍याएका छन् । तर जनताले त्यसमा विश्वास गरेका छैनन् । दलहरूले निर्वाचनको मुखमा सार्वजनिक गरेका वाचा (घोषणापत्र) पूरा हुने विश्वास पनि जनताले गरेका छैनन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।