२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत फेला


559
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत अवस्थामा भेटिएकाे छ ।

शुक्रबार चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको थियो । डिभिजन वन कार्यालय स्याङ्जाको टोली घटस्थलमा पुग्दा घरभित्र थुनिएको अस्थामा रहेको चितुवा शुक्रबार दिउँसाे मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दिनभर त्रसित भएका गाउँलेहरु चितुवा मृत भेटिएपछि भने सुरक्षित महशुस गरेका छन ।

शुक्रबार बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी मानिसमा आक्रमण गरेपछि ३ जना घाइते भएका हुन । घाइते हुनेमा स्थानीय ६८ वर्षीय तुलसी पराजुली, २४ वर्षीय लक्ष्मी पराजुली र ६४ वर्षीय किसान न्यौपाने घाइते भएका हुन ।

घाइते ३ जनाको वालिङस्थित गहौरध्याङुलिङ प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार भएपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । ३ जना मध्ये तुलसी पराजुली भने गम्भीर घाइते भएकी छन । अरु दुई जना भने सामान्य घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।