३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिन्धुलीमा निर्वाचन प्रचारप्रसार तीव्र


104
Shares

सिन्धुली । मंसिर ४ गते हुने निर्वाचनको मिति आउन एक साता बाँकी हुँदा सिन्धुलीका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको सिन्धुलीका उम्मेद्वारहरु मतदाता रिझाउदै रातदिनको पर्वाह नगरी मतदातासम्म पुगी रहेका छन् ।

उनीहरु गीत, संगीत, नाचगान र भजनमा समेत सामेल हुँदै अन्तिम प्रचार अभियानमा जुटेका छन् । उम्मेदवारहरु मतदाता रिझाउन मतदाताहरुको खेतबारीमा पुगेर काममा सघाउँदै मत माग्ने गरेका छन् ।

निर्वाचनमा मत माग्न हुल बाधेर आउने उम्मेद्वारहरुका कारण जिल्लाका ग्रामीण क्षेत्रमा चहल पहल बढेको छ ।

सिन्धुलीको क्षेत्र नम्बर १ मा १ लाख ७ हजार १ सय ३६ मतादाता रहेका छन् । मतदान केन्द्र १ सय ३६ वटा रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा १ लाख १ हजार २ सय ३३ मतदाता रहेका छन् । मतदान केन्द्र १ सय ३० वटा रहेका छन् ।