११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायमै रहन्छ : अध्यक्ष दाहाल


273
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका नजिकिदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुको दौडाहा बढेको छ ।

आफ्नो पक्षमा मत पार्नका लागि आयोजना हुने कार्यक्रम तथा घरदैलोमा सहभागी हुन उम्मेदवारलाई भ्याइ नभ्याइ हुँदा एकअर्का दल तथा उम्मेदवार प्रतिको आक्षेपले निर्वाचनको प्रचार शैली भद्दा देखिएको छ ।

चुनावी प्रचारको क्रममा शनिबार गठबन्धनले चितवनमा बृहत आमसभा गरेको छ । सोही आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकतावद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनको आयोजनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनले जिते दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने बताउनुभयो । गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठबन्धन दलहरूकै काँधमा रहेको भन्दै उहाँले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको तर्क गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायमै रहने बताउनुभयो । निकै दुःख गरेर गठबन्धन बनाइएको भन्दै उहाँले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहने बताउनुभयो । मंसिर ४ गते प्रतिगमनले टाउको उठाउन नसक्ने गरी एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने पराजित हुने उहाँको तर्क छ । यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गर्नुभयो । आफू रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै गोरखा गएको भन्दै उहाँले यो समय अनुसारको गतिशिलता भएको टिप्पणी गर्नुभयो