
जुम्ला । जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर आउँदै गरेको कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु भएपछि आफन्तले गत बिहीबारदेखि सडक ठप्प पारेका थिए ।
मृतककोपरीवारलाई सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्