
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आज (आइतबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्