१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेन्सरमा परिवार प्रवेशको विषयमा निश्चलको आक्रोश


23.66k
Shares

काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको बलिउड फिल्म ‘उचाइ’को सेन्सरमा सेन्सर बोर्डका पदाधिकारी मात्र नभइ उनीहरूका आफन्त र परिवारसमेत सहभागी भएको भिडियो बाहिरिएपछि बोर्डको आलोचना सुरु भएको छ ।

सेन्सरको यस्तो क्रियाकलापको विषयमा निर्देशक निश्चल बस्नेतले प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै सेन्सर नियम मिच्ने पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा कारबाही गर्नुपर्ने जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

‘वाह, चलचित्र सेन्सर बोर्ड, वाह ।
सन्चार मन्त्रालयमा भएको छलफल , निर्णय झलझल याद आयो ।
पदाधिकारीहरु बाहेक अरु कसैलाई फिल्म सेन्सर हुदा राखिने छैन भन्नुभएको ।
२०१२ मा लुट सेन्सर हुदा स–परिवार बच्चा बच्ची सँगै राखेर पदाधिकारीहरुले सेन्सर गर्नु भएको थियो।
अनि मलाई भाषण दिनुभएको थियो ।
२०२२ मा पनि उचाई सेन्सर गर्न सपरिवार नै बस्नुभएछ । नियम जाओस टुकुचामा ।
अब हेर्नुछ मलाई को कोस्को जागीर जान्छ कि, स्पस्टिकरण मागेर छोडिनेछ ।
सन्चार मन्त्रालयले आफ्ना पदाधिकारी , सेन्सर बोर्ड र चलचित्र बिकास बोर्डलाई कडा कार्वाही गर्छकी गर्दैन ?
जुन जोगी आएपनि कान चिरिएका….. दुईटै कान !!!’