१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा निर्वाचनका लागि २ हजार सुरक्षाकर्मी खटाउने तयारी


156
Shares

ओखलढुंगा । ओखलढुंगामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ हजार ८ सय सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन उक्त संख्यामा सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो । जिल्लामा ३ सय नेपाली सेना, ५ सय नेपाल प्रहरी, २ सय सशस्त्र प्रहरी र ८ सय म्यादी प्रहरी गरी १८ सय सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालयओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

जिल्लामा विगतको निर्वाचनको अवस्था, हालको जोखिम र आगामी दिनमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर त्यसै अनुसार सुरक्षा योजना लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १२ वटा मतदानस्थललाई अति संवेदनशील, २० वटालाई संवेदनशील र ५२ वटा मतदानस्थललाई सामान्यमा राखिएको छ ।