२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


अमेरिकामा २ वटा विमान आकाशमै ठोक्किए


455
Shares

काठमाडाैं । अमेरिकाको टेक्ससमा दुई वटा विमान आकाशमै ठोक्किदा दुर्घटना भएकाे छ ।

टेक्ससको डालासमा एयर शोका क्रममा द्वितीय विश्व युद्धमा प्रयोग भएका विमानहरु ठोक्किएका हुन् । विमान ठोक्किएपछि यसरी विष्फोट भएका थिए कि एउटा विमान आकाशमै चकनाचुर भएको थियो भने अर्को विमान दुई टुक्रा भएको थियो ।

डालासमा शनिबार दोस्रो विश्व युद्धको स्मृति एयर शो आयोजना गरिएको थियो । शो हेर्न टाढा टाढाबाट मानिसहरु डालास पुगेका थिए । एयर शो चलिरहेका बेला बोइङ बी–१७ विमान किङकोब्रा पी–६३ विमानसँग ठोक्किएको हाे । दुर्घटनामा परी कति जनाको निधन भयो भन्ने खुलाइएको छैन् । बोइङ बी–१७ मा चालक दलका कम्तिम ४ जना रहेको जनाइएकाे छ ।

अर्को विमानमा सामान्यतया पाइलट मात्रै हुने रहने गरेको अमेरिकी एभिसन एडमिनिस्ट्रेसनले जनाएको छ ।