
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताउनुभएको छ ।
आइतवार काठमाडौं क्षेत्र नं. २ अन्तरगत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताउनुभएको हो ।
उहाँले आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भुमिका खेल्ने बताउनु भयो ।
संघीय सरकारसँग प्रशस्त बजेट भएपनि काठमाडौं क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उहाँले बताउनु भयो । स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उहाँले बताउनु भयो ।
उहाँले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया दिनुभयो । चुनावी गीत, संगीत र चुनाव चिन्ह हलोमा भोट हाल्न अपील गर्ने नाराबाजीसहित पोखरेलको घरदैलो चलेको थियो । उहाँले आफू धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्