
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाल प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगेकाे आराेप लगाउनु भएकाे छ ।
सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उहाँकाे भनाइ छ । उहाँले संसद् विघटन सही नै भएको दाबी पनि गर्नुभएकाे छ ।
आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाउनु भयाे
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’
प्रतिक्रिया दिनुहोस्