
एजेन्सी । टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान रइङ्ग्ल्याण्डबीच अहिले प्रतिस्पर्धा भइरहेको छ ।
अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे ।
कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोडे ।इङ्ग्ल्याण्डका साम करनले ३ विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो । इङ्ग्ल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
टी–ट्वेन्टी क्रिकेटमा यी दुई टोलीबीच हालसम्म २८ खेल भएका छन् । जसमा १८ खेलमा इंग्ल्यान्ड विजयी हुँदा ९ खेलमा मात्रै पाकिस्तानले जित निकालेको छ । एक खेल भने नतिजा विहीन भएको छ । टी–ट्वेन्टी विश्वकपमा हालसम्म यी दुई देश दुई पटक आमने सामने भएकोमा दुवै पटक इङ्ग्ल्याण्ड विजयी भएको छ । आजको खेल जित्ने टोलीले दोस्रो पटक टि ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्ने छ ।
यस अघि वेस्ट इण्डिजले मात्र यो सफलता हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्