२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु


442
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका–८ रणेमका ५५ वर्षीय हर्कबहादु्ुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार बिहीबार गोरेटो बाटो हिड्ने क्रममा भीरबाट लडेर राईको ज्यान गएको हो । मृतकको शव आफन्तले बाटोबाट करिब ६० मिटर तल फेला पारेको प्रहरीले जनाएको छ ।