२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड


5.733k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएकाे छ ।

रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडी तोडफोड गर्नेहरुकाे खाेजी भइरहेकाे छ ।