
एजेन्सी । ‘हेरा फेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो ।
फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यस्तो अवस्थामा फ्यानहरु लामो समयदेखि तेस्रो भागको प्रतिक्षामा थिए । हालै परेशले सामाजिक सञ्जालमा ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा कार्तिक आर्यन फाइनल भएको जानकारी दिएका छन् । यो खबर बाहिर आएपछि अक्षयका फ्यानहरु निकै निराश भएका छन् । त्यसबेलादेखि अक्षयलाई हेराफेरी ३ मा फर्काउने माग भइरहेको छ ।
‘नो अक्षय, नो हेरा फेरी’ ट्विटरमा ट्रेन्डिङमा छ। अक्षय बिना हेराफेरी ३ फ्लप हुने दर्शकहरूको दावी छ । भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा अक्षयले हेराफेरी ३ अस्वीकार गर्नुको कारण खुलाएका छन् । उनले आफूलाई फिल्मको कथा मन नपरेको , कथा र संवादबाट आफू सन्तुष्ट नभएका कारण फिल्म अस्वीकार गरेको बताएका छन् ।
हेरा फेरी निर्देशक प्रियदर्शन द्वारा निर्देशित सदाबहार बलिउड फिल्महरू मध्ये एक हो। यसअघिका दुवै भागमा यसका पात्रहरू बाबु भैयाु, राजुु र श्याम अहिलेसम्म पनि जीवन्त छन्। त्यसैले फिलमा अक्षयलाई फिर्ता बोलाउन दर्शकहरूले माग गरिरहेका छन् ।
यसैबीच केहि समय अगाडी अक्षयले फिल्मका लागि ९० करोड भारतीय रुपैयाँ पारिश्रमिक र फिल्मको नाफाबाट पनि अंश चाहिने बताएपछि निर्माता फिरोज झस्किए। उता कार्तिकले ३० करोड भारतीय रुपैयाँमा नै फिल्म खेलिदिने बताए। ६० करोड र नाफाको रकम सबै आफ्नो हुने भएपछि अक्षयलाई हटाउँदै कार्तिकलाई फिल्ममा फाइनल गरेको समाचार प्रकाशित भएको थियो ।
अब अक्षयले कथा मन नपरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्