
धनकुटा । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायीक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा कृषि मेलाको आयोजना गरिएको छ ।
मेलामा कृषक तथा सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको छ ।
किसानहरुले आफ्नै बारीमा उत्पादन गरेका कृषि उपजहरुलाई प्रर्दशनीमा राखिएको छ । किसानहरुलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको वडा अध्यक्ष खड्ग लिम्बुले जानकारी दिनुभयो ।
निर्वाहमुखी खेतीलाई व्यावसायीक बनाउन र अर्गानिक उत्पादनमा जोड दिन समेत किसानलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो । प्रदर्शनीमा किसानले उत्पादन गरेका तरकारी तथा फलफुल लगायतका बालिहरुको प्रर्दशनी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्