१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिंगिङ सुपरस्टारको उपाधि राजेश राईलाई


8.385k
Shares

काठमाडौं । गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् ।

भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् ।

फिनालेमा फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरुले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

फिनालेको पनि ईमेज च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।