
एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ ।
विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् ।
यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले भनेकाछन्, ‘मेरा सबै फिल्मका लेखक मेरा बुबा हुन् । हामीले ‘आरआरआर २’ को बारेमा थोरै छलफल गरेका छौं र उहाँ अझै कथामा काम गरिरहेका छन् ।’
भारतीय सञ्चार माध्यामका अनुसार ‘आरआरआर’ ले राम्रो व्यवसाय गरेपछि राजामौलीको जतिसक्दो चाँडो फिल्मको सिक्वेल बनाउने सोचमा रहेको बताइएको छ ।
राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी भने दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्