८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओली आज सिन्धुलीको दुधौलीमा


117
Shares

सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) सिन्धुलीकाे दुधौलीमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहको छ ।

सोही कार्यक्रममा सहभागी हुन सोमबार अपराह्न २ बजे अध्यक्ष ओली हेलिकाेप्टरकाे सहायतामा दुधौली आइपुग्नु हुने भएकाे हाे । उहाँले दुधौली बजारस्थित कमला बहुमुखी क्याम्पस अगाडीको सार्वजनिक चौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले सम्बोधन गर्नेे कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एमाले क्षेत्र नम्बर १ चुनाव परिचालन कमिटिले जनाएको छ ।

सोही सभामा एमालेले सिन्धुलीको कमलाखोंच क्षेत्रका जनताहरुको बृहत रुपमा सहभागिता गराउने तयारी गरेको छ ।सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ। एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मनोजजंग थापालाई उम्मेदवार बनाएको छ ।