८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा १ हजार बढी अस्थायी मतदाताकाे नामावली संकलन


65
Shares

सिन्धुली । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सिन्धुलीमा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने मतदाताको संख्या १ हजार २ सय २० जना रहेका छन् ।

साेही निर्वाचनका जिल्लाबाट १ हजार २ सय २० जना अस्थायी मतदाताको नामावली संकलन गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी गीता दाहालले बताउनुभएकाे हाे । सिन्धुलीमा अस्थायी मतदाताहरुलाई मतदान गराउनका लागि दुई वटा अस्थायी मतदान केन्द्र समेत राख्ने निर्णय गरिएको छ ।

सदरमुकाम सिन्धुलीमाडीस्थित जिल्ला कारागार सिन्धुली र शहरी विकास तथा भवन कार्यालयमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको हो । जिल्लामा रहने अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुले मतदान गर्न सक्ने भएका छन् ।

अस्थायी मतदाताले प्रतिनिधि तथा प्रदेश सभातर्फको समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।